Birata Ko Chino (वीरताको चिनो) Lyrics - Narayan Gopal | A1lyrics

Birata Ko Chino (वीरताको चिनो) Lyrics - Narayan Gopal: Presenting the lyrics of the song "Birata Ko Chino (वीरताको चिनो)" sung by Narayan Gopal. The music of this song is given by Ranjeet Gazmer.

Birata Ko Chino (वीरताको चिनो) Lyrics - Narayan Gopal

वीरताको चिनो, वीरको सन्तान
शहीदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी 
वीरताको चिनो, वीरको सन्तान
शहीदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी 
वीरताको चिनो, वीरको सन्तान

जन्म लियौ यो भीर पखेरामा
रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा 
कोर्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ
नयाँ ईतिहासको नौलो बिहानी
वीरताको चिनो, वीरको सन्तान

झरना जस्तै चोखो रगत मागेर
खोलाको बग्ने उमङ्ग लिएर
पहाडको अटल बिश्वास मागेर
हिमाल झैँ निधार सिँगारी दिन्छु
अब तिमीले यहाँ सजाउनु छ
आफ्नै धरतीमा माटोको शिरानी
वीरताको चिनो, वीरको सन्तान

गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद चलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दै वनको काँडालाई तिर्खान
अब खुकुरीसित कलम यो 
दिन्छु तिमीलाई मेरो निशानी
वीरताको चिनो वीरको सन्तान
शहीदको रगत लाहुरेको निशानी

अब तिम्रो हातले लेख्नुछ
जुगले भुलेको हाम्रो कहानी
वीरताको चिनो, वीरको सन्तान


Narayan Gopal - Birata Ko Chino (वीरताको चिनो) Song Details

Song: Birata Ko Chino (वीरताको चिनो)
Singer: Narayan Gopal
Lyrics: Tulsi Ghimire
Music: Ranjeet Gazmer


Officially posted on: A1lyrics

Post a Comment

0 Comments